धनकुटा, बैशाख २८ । धनकुटाको धनकुटा नगरपालिका ५ बाल मन्दिरमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजु श्रेष्ठका १० बर्षीय छोरा संजोग श्रेष्ठ रहेका छन् । सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा बेलुका सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्