बिर्तामोड , जेठ २ । कोरोना संक्रमितहरुका लागि अभाव भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिर्तामोडले ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ ।

हाल भइरहेको अक्सिजन सिलिन्डरको चरम अभावको मध्यनजर गर्दै ५० थान अक्सिजन सिलिन्डर खरिद गरी बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरिएको पार्टीका नगर सचिव सुवास भट्टराईले बताए ।उनले त्यसका लागि पार्टी परिवार ,आम उद्योगी व्यवसायी ,जनप्रतिनिधि ,कर्मचारी तथा दाता महानुभावहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्