भद्रपुर, जेठ २ । नगरक्षेत्रमा बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न जिम्मेवार भएर लागिरहेको भद्रपुर नगरपालिकाले प्रष्ट पारेको छ ।

नगर प्रमुख जीवनकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै नगरबासीको सुरक्षाका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरू आफ्नो ज्यानको पर्वाह नगरी निस्वार्थ लागिरहेको प्रष्ट पारेका हुन् ।
विज्ञप्तिमा भनिएको छ—‘देश नै कोभिड १९ को दोश्रो लहरबाट प्रताडित भइरहेको अवस्थामा भद्रपुर नगरपालिका पनि अछुतो रहन सकेन । यस महामारीबाट नगरबासीलाई बचाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी रातदिन खटिरहेका छौं । नगरबासीले पनि सहयोग गर्दै व्यक्तिगत सरसफाइमा ध्यान दिन, अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कनेलगायतका स्वास्थ्य मापदण्ड अपनाएर सहयोग गर्न अपिल गर्दछौं ।’
केही दिनअगाडि नेपाली काँग्रेसले नगरपालिका कोरोना महामारी नियन्त्रण गर्न जिम्मेवार नभएको आरोपसहित सच्चिन गरेको अनुरोधलाई भद्रपुर नगरपालिकाले आफ्नो कार्यशैलीबारे प्रष्ट पार्दै विज्ञप्ति जारी गरेको हो । प्रतिउत्तरमा नगरबासीको सकारात्मक सहयोगको अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्