सुनसरी, जेठ११ । सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोडबाट प्रहरीले एम्बुलेन्सबाट १ सय केजीे गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

हिजो बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५–२५ के.जी. को ४ वटा झोलामा जम्मा १०० केजी लागूऔषध गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजासहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बलबहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।