झापालीलाई घरको कोठाबाट त निकाल्न सकिदैन भन्छन् काठमाण्डौका घरभेटीहरु । प्रधानमन्त्रीको कुर्र्सी छोड भन्छन् यार ! एक– दुई पटक त काललाई पनि रोक्न सक्छन् बाले ! केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यनाश । आगोसंग खेल्नु पानीसंग खेल्नु तर ओलीसंग नखेल्नु भन्या यही रहेछ क्यारे !अहिलेको राजनैतिक चलखेलको अवस्था हेरेर निकालेको यो भनाई आजभोलि फेसवुकमा निकैै प्रचलित छ । केपी बाका समर्थकहरुले यी भनाईलाई निकै शेयर गरेका छन् । केपी बा हुन् कि देशका प्रधानमन्त्री हुन् केपी शर्मा ओली?

राजनीति भनेको दाउपेज हो जस्तो भएको छ आजभोलिको राजनीति हेर्दा । अझ भन्नुपर्दा शक्तिको खेल रहेछ भन्दा पनि हुने भएको छ राजनीति । देश र जनताको लागि भन्दा पनि इगोको राजनीतिले देशमा जरो गाडेको आभास हुन्छ ।तासमा भोटेको एक्का जस्तै भएका छन् अहिलेका प्रधानमन्त्री ।लाईनको राजनीतिले अझ नेता,कार्यकर्तामा वितृष्णा पैदा गर्दै आएको छ । ‘केन्द्रीय नेता आउनु भएको छ भेटन् आऊ भाइ’ भनेर एकजना दाजुले भन्नुभयो । मैले आजसम्म राजनैतिक हिसाबले अहिलेसम्म कुनै नेतालाई पनि भेटेको थिईनँ । त्यो मेरो पहिलो भेट थियो ।
म अलि पछि पुगँे । पहिला नै धेरै सम्मानित नेतागणहरु त्यहाँ पुगिसकेको हुनुहुन्थ्यो । सबैसंग परिचय हुँदैरहेछ । म अन्तिममा पुग्दा मेरै पालो आएछ, म बस्दाबस्दै परिचय गरँे । परिचयपश्चात् राजनैतिक जिज्ञासाहरु सोधिन थाल्यो । उहाँले पनि जवाफ राम्रोसंग दिनु भयो । उपस्थित सबैले पालैपालो आफ्नो जिज्ञासा सोध्नु भयो । एक जनाले भन्न थाल्नु भयो –हजुर मेरो नाम फलानो, म यो व्यवसाय गर्छु ,म यो पार्टीमा लागेको धेरै भयो । मैले सकेको योगदान यो पार्टीलाई गरेको छु र निरन्तर नै गर्नेछु । तर, हजुर मैले सक्रिय सदस्यता पाईनँ । धेरै पटक वार्डबाट सिफारिस हुन्छ । तर, किन हो मेरो सक्रिय सदस्यको सदस्यता पाउन सकिनँ । बारम्बार सिफारिस हुन्छ तर जिल्लाबाट मेरो फर्मलाई रिजेक्ट हुन्छ भन्ने सुन्छु । त्यसैले मैले आज हजुरसंग विन्ती बिसाउने मौका पाएँ भनेर आफ्नो राजनैतिक पीडा पोखिरहे । उपस्थित सबैले यत्तिको कार्यकर्ता हामीले र पार्टीले पाउनु भनेको राम्रो कुरा हो भनेर प्रतिक्रिया पनि दिँदैथिए । अन्तमा उहाँलाई वार्ड सभापतिलाई भनियो अनि जिल्ला सचिवलाई भनियो । यदि भएन भने मलाई फोन गर्नु म तपाईलाई दिलाउँछु सदस्यता भनेर बचन दिईयो ।

म एकताकले कुरा सुनिरहेँ । अनि मैले पनि सोचेँ एउटा नागरिक म यो पार्टीको मान्छे म मेरो बलबुतोले भ्याएसम्म यो पार्टीलाई सहयोग गर्छु भनेर कार्यकर्ता बन्न इच्छा गर्दा पनि पार्टी पंक्तिका नेताले आवश्यकता ठान्दैनन् किन होला ? के आफ्नो प्रतिपर्धी ठानेका त हैनन् ?करिव दुई घण्टाको बसाईमा विभिन्न कुराहरु आए । धेरैजनाले आफ्ना–आफ्ना कुरा राख्नु भयो । तर, एकजना वार्ड सभापतिले राखेको जिज्ञासा अहिले पनि मेरो मानसपटलमा गुन्जिएको छ । ‘हजुर अव राजनैतिक अवस्था कस्तो हुन्छ अनि अवको बजेट कुन सरकारले ल्याउँछ ?’उत्तरमा ‘सरकार ओलीको हुन्छ कसैले साथ नदिँदा पनि र बजेट पनि ओली सरकारले नै ल्याउँछ भनेर भन्दै गर्दा, ए त्यसो भए त अवको चुनावमा उनीहरुको झन् बलियो भएर जान्छन्,किनकी ओलीले बजेट भाषण ल्याए भने त वृद्ध भत्ता बढाई हाल्छन् अनि हरेक श्रेय उनैलाई जान्छ जसले गर्दा हाम्रो पार्टीलाई आउने चुनावमा अप्ठ्यारो पर्न सक्छ ।’ उहाँसँग उत्तर थिएन । मौन बस्नु भयो ।
यसो सोचँे मैले वार्डका सभापतिलाई अबको चुनावको चिन्ता छ । अनि पार्टीले राम्रो काम गरोस् जसको श्रेय आफ्नो पार्टीले पाओस् र चुनावमा बहुमतको सरकार बनाउन सकोस् भन्ने सोच बनिरहँदा केन्द्रिय स्तरका नेताहरुले कसरी पार्टी पंक्तिलाई चलाएका छन् भन्ने नेताले गरेको गतिविधिले पनि प्रष्ट पारेको छ ।राष्ट्रिय राजनीतिमा जहिलै झापाको वर्चश्व हुने गरेको छ , कम्युनिष्ट पार्टीमा केपी ओलीको चर्चा हुन्छ भने कांग्रेसमा कृष्ण सिटौलाको आखिर हामी झापालीले गर्व गर्ने व्यक्तिहरु चर्चामै रहन्छन् ।झापाली देशमा मात्र हैन विदेशमा पनि चर्चामा नै रहन्छन् ।

हिजो मात्र धनगढीको साथीलाई फोन गरेको थिएँ । उसले पनि भन्यो– हैन ए साथी के हो यार यो झापालीहरुको चर्चा अत्याधिक छ राजनीतिमा त झन् नै छ यार यो के पारा हो म पनि सपरिवार झापाको पानी खुवाउन भएपनि लिएर आउँछु, अहिले लकडाउन छ जसरी पनि आउँछु एकपटक’ भन्दै फोन राख्यो । झापा शिक्षामा अगाडी छ, संस्कारमा अगाडी छ । अनि राजनीति पनि अगाडि रहेको हुँदा झापालीको नाम अग्रपंक्तिमा आउँछ । एउटा व्यवसायी साथीले भन्नुहुन्छ– हैन हउ यो व्यवसायमा कति प्रतिस्पर्धा भयो । हिजो बिर्तामोडमा एउटा पनि मार्ट थिएन तर यो एक बर्षमा एक दर्जनभन्दा बढी मार्टहरु खुले जसले गर्दा व्यवसाय गर्न गाह्रो भएर आयो । सहकारीकर्मी साथी पनि त्यसै भन्नुहुन्छ अब प्रतिस्पर्धा गर्नुभन्दा बरु मर्जतिर जानु पर्ने भयो सर, अब टिक्न सकिदैन यो बजारमा । व्यावसायिक क्षेत्रमा प्रतिस्पर्धा बढ्नाले गर्दा लगानी बढने न्यून नाफा हुने बरु राजनीति नै ठिक होला जस्तो छ भनिरहँदा राजनीति गर्न खोज्ने साथीको आफ्नै पीडा छ ।
व्यवसायमा त पैसा भएर व्यवसाय गर्न सकिने रहेछ तर राजनीतिमा त पैसा भएर पनि राजनीति गर्न नसकिने रहेछ जबसम्म माथिका नेताले आफूलाई आर्शिवाद दिदैनन् ,तबसम्म सक्रिय सदस्यता न नपाईने रहेछ । सक्रिय सदस्यता नभई कसरी राजनीतिमा जाने कसरी राजनीति गर्ने, पार्टीमा कुनै सुनवाई नै नहुने रहेछ । पीडा सबैको आ–आफ्नो ठाउँमा रहेछ ।

प्रतिस्पर्धाले कुनै क्षेत्रलाई पनि छोडेको रहेनछ । प्रतिस्पर्धा गर्ने कि आफ्नो अस्तित्व अलग बनाउने । छवि त सबैको हुन्छ तर आफ्नो छवि अलग बनाऔं । मैले यति बर्षदेखि पार्टीमा योगदान गरेको छु भन्दा पनि योग्यता र क्षमताको कदर गरौ । हामी कार्यकर्ता बनिरहँदा लाइनको राजनीति हैन क्षमता र योग्यताको राजनीतिलाई अवसर दिऔ । गुटको राजनीति हैन जुटको राजनीतिलाई हामीले साथ सहयोग गरौ ।देशमा झापालीको नाम चर्चामा छ यी यस्ता नाम तपाई हाम्रो पनि बन्न सक्छ भनेर लागौ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्