झापा, जेठ १४ । झापाको मेचीनगर नगरपालिकाका थप दुई जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

मृत्यु हुनेहरू वडा नम्बर १० र वडा नम्बर १३ का दुई पुरुष रहेको मेचीनगर कोभिड संयोजक नबिन बरालले बताए ।वडा नम्बर १० का ३९ वर्षीय पुरुषको दमक लाइफलाइन अस्पतालबाट एम्बुलेन्समार्फत घर ल्याउने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।त्यस्तै वडा नम्बर १३ का ५२ वर्षीय पुरुषको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । आज थप दुई संक्रमितको मृत्यु हुँदा मेचीनगरमा कोरोनाको दोस्रो लहरका कारण ज्यान गुमाउनेको सँख्या १४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्