झापा, जेठ १५। झापाको दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दमक ५ का ७४ वर्षिय बृद्धको दमक अस्पतालको कोभिड उपचार केन्द्रमा आज बिहान २ बजे मृत्युु भएको हो । उनलाई जेठ ५ गते संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । दमकमा चैत २५ यता १७ जना संक्रमितको मृत्यु भइसकेको छ भने ६२८ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्