झापा , जेठ २१ ।सयौं बालबालिकाका लागि सहारा बनेकी सामाजिक अभियन्ता इन्दिरा राना मगरलाई मातृशोक परेको छ ।

अर्जुनधारा ११ मा छोराहरुसँग स्थायी बसोबास गर्दै आएकी मनमाया मगरको ९६ बर्षको उमेरमा आज बिहान ५.३० बजे निधन भएको हो । उनी मधुमेह र प्रेसरको बिरामी थिइन् । उनका दुई छोरा जगतबहादुर र रणबहादुर मगर तथा दुई छोरीहरु पार्वती र इन्दिरा हुन् ।
बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा राना मगर काठमाडौमा बसेर बालबालिकाहरुको सेवा गर्छिन् भने जेठा छोरा जगतबहादुर निजामती सेवाबाट निवृत कर्मचारी हुन् ।
उनको नाममा छोरी इन्दिराले मनमाया आमा बालगृह संचालन गरेकी छिन् । परिवारकै तर्फबाट जुनकिरी स्कुललाई बुबाआमाको स्मृतिमा १ कट्ठा १० धुर जमिन प्रदान गरिएको छ ।सामाजिक संस्कार अनुसार स्थानीय देउनिया घाटमा आजै ५ बजे अन्त्येष्टि गरिने छोरा जगतबहादुरले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्