बिर्तामोड, जेठ २५ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट घेराबारीले लागू औषधसहित तीनजना कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड २ बस्ने ३० वर्षिय जीवन द्यौराली , सोही ठाउँका २० वर्षिय सुमन मिश्र र बिर्तामोड ७ का २८ वर्षिय सुरेन्द्र ढकाल रहेका छन् । लागूऔषध लिएर भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरु भिन्नाभिन्नै समय र स्थानबाट पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले मे ९ प ४२१८ नं को मोटरसाइकलसमेत बरामद गरेको छ । तीनवटा लागूऔषधको घटनामा एउटामा एकजना र अर्कोमा दुईजना पक्राउ परेका हुन् । तेस्रो घटनामा भने कारोबारी झोला छोडेर भारततर्फ नै फरार भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्