झापा , जेठ २६ । निषेधाज्ञा उल्लंघन गर्ने एक यात्रुवाहक बसलाई जिल्ला प्रशासन कार्यालय झापाले कार्वाहीस्वरुप जरिवाना तिराएको छ ।

फाइल फोटो

हिजो बिहान ६.३० बजे बुटवलबाट काँकडभिट्टासम्मको लागि आएको ना.४ ख ५१५२ नं.को यात्रुवाहक बसलाई दमक ४ स्थित राजमार्गमा अस्थायी प्रहरी पोष्ट ताराबारीले चेकजाँच गर्ने क्रममा रोक्न खोज्दा जबरजस्ती भगाएको थियो । त्यसपछि उक्त बसलाई इप्रका दमकबाट खटिएको प्रहरी टोलीले दमक ं बसपार्कमा रोकी चेकजाँच गर्दा बिनापास २३ जना यात्रु चढाई ल्याउँदै गरेको खुलेको थियो । उक्त बसले बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा उल्लंघन गरेको पाईएकोले बस तथा बस चालकलाई आवाश्यक कार्बाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाइएको थियो । प्रशासनले कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको दफा २१ बमोजिम चालकलाई पाँच हजार रुपैयाँ जरिवाना गरी छोडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्