झापा , जेठ २६ । झापामा थप पाँचजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुने चारैैजना पुरुष रहेका छन् । मंगलबार राति हल्दिबारी ४ का ६४ वर्षिय बृद्धको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका पुष्कर निरौलाले बताए । योसँगै हल्दिबारीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ । त्यस्तै बिर्तामोडमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिर्तामोड वडा नं ५ का बिक थरका ६० वर्षिय बृद्धको मंगलबार बेलुका घरमै मृत्यु भएको हो । उनलाई बिर्तासिटी हस्पिटलमा उपचार गराई घर लगिएको वडाध्यक्ष राजेन्द्र लिङ्देनले बताए । योसँगै कोरोनाको नयाँ भेरियन्टबाट बिर्तामोड ५ मा मात्र मृत्यु हुनेको सँख्या ५ पुगेको छ । त्यस्तै भद्रपुर ९ का ९७ वर्षिय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको छ भने बुद्धशान्ति ३ का ३७ वर्षिय पुरुषको लाइफलाइन अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।त्यस्तै धरान ११ का ७३ वर्षिय बृद्धको बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २८३ पुगेको छ ।
झापामा संक्रमितभन्दा निको हुने बढी
पछिल्लो समय झापामा कोरोना भाइरस संक्रमण हुने व्यक्तिभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार २०४ जना निको भए भने १७९ जनामा संक्रमण पुष्टि भयो ।स्वास्थ्य कार्यालय झापाका अनुसार योसँगै झापामा कोरोनालाई जितेर घर फर्किनेको संख्या ७ हजार ४५३ पुगेको छ । मंगलबार १५६ र सोमबार १५२ जनाले कोरोना जितेका थिए ।पछिल्लो २४ घण्टामा १७९ जनामा संक्रमण पुष्टि हुँदा झापामा कुल संक्रमितको संख्या ११ हजार ९०३ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार १३९ रहेको छ ।बुधबार संक्रमण पुष्टि भएकामध्ये ८७ जना महिला छन् । संक्रमितमध्ये सबैभन्दा बढी दमकका २३ महिलासहित ३८ जना छन् । यस्तै, बिर्तामोडमा २१ महिलासहित ३४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।यस्तै, अर्जुनधारा र बुद्धशान्तिमा २१–२१ जना, भद्रपुरमा १४ जना, शिवसताक्षी र कनकाईमा १०– १० जना, बाह्रदशीमा ६ जना, गौरीगञ्जमा ५ जना, कमलमा ४ जना, कचनकवलमा ३ जना, मेचीनगरमा २ जना र पालिका नखुलेका ७ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्