रामप्रसाद ढुंगेल,
दुबई ,जेठ २९ । वैदेशिक रोजगारीको लागि १५ वर्ष अगाडि सामान्य मजदुरका रूपमा युएई पुगेका दुईजना झापाली युवाले दुबईमा नयाँ नेपाली रेष्टुरेन्ट संचालन गरेका छन् ।

सन् २००६ मा इलेक्ट्रोनिकल काम गर्न पुगेका झापा सुरुङ्गाका भवानी शंकर खतिवडा र २००४ मा सेल्समेनका रूपमा युएई पुगेका झापा बुधबारेका मनोहरि घिमिरे (दिपेश)ले मिलेर दुबईको अलनादाको अलमुल्ला प्लाजामा विशालाक्षी रेष्टुरेन्ट एन्ड क्याफे शुक्रबारबाट औपचारिक शुभारम्भ गरेका छन् । युएईको नेपाली रेष्टुरेन्ट क्षेत्रमा अहिलेसम्मकै ठूलो क्षेत्रफलमा खोलिएको मौलिक नेपाली रेष्टुरेन्टको क्षेत्रफल ३१ सय स्क्वायर मिटर रहेको संचालकहरुले दाबी गरेका छन् ।
मौलिक नेपाली खानाहरु अन्यभन्दा सस्तो, स्वादिलो र समयमै उपलब्ध गराउने दाबीका साथमा विशालाक्षी रेष्टुरेन्ट एन्ड क्याफे स्थापना गरिएको संचालक खतिवडाले बताएका छन् ।

युएईमा धेरै नेपाली रेष्टुरेन्टहरु संचालनमा छन् तर विशालाक्षी रेष्टुरेन्ट एन्ड क्याफेमा पर्याप्त पार्किङ रहेको साथै नेपालीहरुको बसोबासको केन्द्र बन्दै गएको अलनादा, होर्लान्स, ट्याक्सी कर्पोरेसन, अल गेसिस एरियामा गुणस्तरीय र मौलिक नेपाली रेस्टुरेन्टको अभाव भएकोले विशालाक्षी रेष्टुरेन्ट एन्ड क्याफेमा ठूलो लगानी गरिएको संचालकद्वयले बताएका छन् ।
विशालाक्षी रेष्टुरेन्ट एन्ड क्याफेमा परम्परागत नेपाली खानाका अलावा ममः चाउमिन, नुडल्स, बिरियानी, बर्गर पनि पाइने र सुलभ दरमा मासिक मेस पनि संचालन गरिने बताइएको छ । यस रेष्टुरेन्टमा एयरपोर्टदेखि बरदुबई एरियामा होम डेलिभरी सुविधा पनि रहेको बताइएको छ ।
शुक्रबार एक भब्य उपस्थितिमा औपचारिक उद्घाटन गरिएको विशालाक्षी रेष्टुरेन्ट एन्ड क्याफेमा नेपाली बिज्नेस काउन्सिल दुबईका प्रतिनिधिहरु ओमप्रकाश भण्डारी, बाबुराम सापकोटा, नेपाली संघसंस्थाका प्रतिनिधिहरु र शुभेच्छुकहरुको बाक्लो उपस्थिति थियो ।
उपस्थित सबैले व्यावसायिक सफलताको शुभकामना दिएका थिए भने नेपाली विज्नेस काउन्सिलका प्रतिनिधिहरुले व्यवसायको संचालनका क्रममा आउने समस्याहरु आपसमा मिलेर समाधान गर्ने बताएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्