सपना आचार्य ,
माई ईलाम , असार २ । माईका एक युवकले लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा अपाङ्गता भएका परिवारलाई राहत सहयोग गरेका छन् ।

माई–४ ईलाममा जन्म भई बिर्तामोड बस्दै आएका नरकुमार मगरले स्थानीय नमुना युवा क्लब, करुणा फाउण्डेसन नेपाल र स्थानीय युवाहरुको समन्वयमा खाद्यान्न सहयोग गरेका हुन् । संस्थाको समन्वयमा मगरका बुवा पुर्णबहादुर र छोरी मेनुकाले विपन्न परिवारलाई खाद्यान वितरण गरेका थिए । सहयोग सामग्रीमा प्रति परिवार २५ केजी चामल, १ पोका तेल, १ केजी दाल, १ केजी नुन, १ केजी आलु रहेको छ । सहयोगी नरकुमार बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरवमा रहेका छन् । विपन्न र भोका भएकाहरुलाई सहयोग गर्न पाएकोमा उनले समन्वयकर्ताहरुलाई धन्यवाद दिएका छन् । सहयोग सामग्रीको सम्पूर्ण ब्यवस्थापन नरकुमारकी श्रीमती कविता मगरले गरेकी थिइन् । सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण करुणा फाउन्डेसन नेपालका समुदाय संयोजक विमल दहाल, नमुना क्लबका कोवित दहाल, श्याम मगर, ध्रुव सोराली, युवराज दहाल, भरत श्रेष्ठ, जीवन ढकाल, नबिन अधिकारी, टंक शर्मा , सोम घिमिरे, संजय दुलाललगायतले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्