बिर्तामोड , असार २ । जन्मदिनमा फजुल खर्च नगरी सामाजिक कार्यमा सहयोग गर्ने क्रम बढ्दो छ । खासगरी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध व्यक्तित्वहरुले त्यसलाई सिको गर्दै लगेका छन् ।

यसक्रममा रोट्रयाक्ट क्लब अफ बिर्तामोडका वर्ष २२–२३ का ईलेक्ट पे्रसिडेन्ट बसन्त ढकालले आफ्नी छोरी दिब्यांशी ढकालको पहिलो जन्मदिनको उपलक्ष्यमा विपन्न मुसहरहरुलाई राहत प्रदान गरेका छन् । लामो लकडाउनका कारण दुई छाक टार्ने समस्यामा रहेका बिर्तामोड ३ का विपन्न मुसहरहरुलाई उनले खाद्य सामग्री प्रदान गरेका हुन् । संस्थाका सदस्यहरू समेतको सहयोगमा बिर्तामोड ३ मा रहेका ९ घर मुसहर तथा सोही वडाका कोरोना संक्रमित ५ घरपरिवारलाई खाद्य सामग्री वितरण गरिएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक ढकालले आफ्नी छोरी दिब्यांशीको जन्मदिनको उपलक्ष्यमा सामाजिक उत्तरदायित्वअन्तर्गत समस्यामा परेका विपन्नहरुको भोक टार्ने प्रयास गरिएको बताए ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोडका पूर्व अध्यक्ष बसन्त बुढाथोकीले क्लबको गतिविधिका बारेमा जानकारी दिँदै विवाह , ब्रतबन्ध र जन्मदिनमा तामझामले खर्च नगरी मानव सेवाको लागि यस्ता कार्यको अपरिहार्यता रहेको जोड दिए । राहत वितरण कार्यक्रममा रोट्रयाक्ट क्लबका पूर्व अध्यक्ष राज मुखिया , विकास बस्नेत , वर्ष २०२१–०२२ का अध्यक्ष प्रभात मास्के ,सदस्यहरु मनिष उप्रेती, अजय अधिकारी, मन्दिप बुढाथोकी, प्रज्वल विमली, सुमन पोद्धार, चित्रानस पाण्डे, दिपेन धिमाल, सुशील थापा, मुसहर वस्ती निर्माण समितिका इन्द्रसिंह राजवंशीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन बाप्पा शाहले गरेका थिए । मुसहर र कोरोना संक्रमित १४ परिवारलाई एक–एक बोरा चामल , दाल ,नूनलगायतका सामग्री वितरण गरिएको २०२१–०२२ का पब्लिक रिलेसन अफिसर अजय अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्