कमल, असार ४ । कमल गाउँपालिका ५ मंगलबारे बजारस्थित सगुन युवा क्लवले निषेधाज्ञाका कारण दैनिक गुजारा गर्न समस्या भएका २५ परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

बाल्यकालमा मंगलबारेमा हुर्किएर हाल रोजगारीका क्रममा युके बस्दै आएकी एक चेलीको सहयोगमा क्लवले असहाय,एकल तथा अतिविपन्न परिवारलाई छनोट गरी दैनिक उपभोग्य चामल,तेल,सोयाविन,नुनलगायतका खाद्यान्न राहत सामग्री वितरण गरेको सचिव रोशन दाहालले बताए । वितरण गरिएको राहत सामग्री ३२ हजार ३४० रुपैयाँ बरावरको रहेको क्लवले जनाएको छ । उनका अनुसार श्रीमान गुमाएकी लिला ताजपुरिया , देव ताजपुरिया ,फुदो ताजपुरिया ,चित्रा दर्जी, ईन्दिरा दर्जी ,नैनाकला दर्जी, रामवति राजबंशी ,तालामुई मूर्मु ,ललाकुमारी नेपाली , बुडो चौधरी, मंगली योङयाङ , गाठिलालनी ताजपुरिया, बाङ्गरू राजबंशी , राजु राजबंशी ,वीरबहादुर तामाङ ,मिना भुजेल , धारू राजवंशी , बिनोद राजवंशी ,दुर्गा पौडेल ,प्रमिला ताजपुरिया , रिता मुर्मुलगायतको घर–घर पुगेर राहत वितरण गरिएको छ ।
राहत वितरणमा क्लवका अध्यक्ष देवी आङदेम्बेलगायतका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।