झापा , असार २१ । झापामा निषेधाज्ञा थप खुकुलो बनाउँदै लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै असार ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । सवारी साधनको हकमा सार्वजनिक तथा निजी सवारीाधन खुलाउने निर्णय गरेको छ ।
सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी र इलाम जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउन पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।
। त्यस्तै बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निर्णय गरेको छ । होटल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्