झापा , साउन २४ । नेपालको चर्चित गायन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन थ्रीको विजेता किरण गजमेर बनेका छन्।

शनिबार राति भएको फाइनलमा अन्य ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै किरणले यो उपाधि उचालेका हुन् । उनीसँगै यो उपाधिका दाबेदार तारा श्रीष मगर, ज्वाला राई र आर्यन तामाङ रहेका थिए। यो उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि जितेका छन् । यो कार्यक्रममा उनी गायक प्रमोद खरेलको टिममा थिए। खरेलको टिमबाट उपाधि जित्ने किरण दोस्रो गायक हुन्। यसअघि भ्वाइस अफ नेपालको पहिलो सिजनको उपाधि विजय अधिकारीले जितेका थिए। सिडी दीप श्रेष्ठको टीमका थिए । दोस्रो सिजनको उपाधि राम लिम्बुले जितेका थिए।
किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए। यो रियालिटी शो हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्