बिर्तामोड , भदौ १० । बिर्तामोडका समाजसेवी रामु सिंहलाई पत्नीशोक परेको छ ।

गौरवशाली बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष , धरधरे टोल विकास संस्थाका अध्यक्ष , समुन्नत बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार , नेपाली कांग्रेसका महासमिति सदस्य सिंहकी श्रीमती चिन्ता यादव(सिंह) को गएराति २ बजे ५२ वर्षको उमेरमा बिर्तासिटी हस्पिटलमा निधन भएको हो । टाउकोको समस्या भएपछि विगत एक सातादेखि उनको उपचार भइरहेको थियो । उनको दिउँसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । मृतकका श्रीमान रामु सिंह , एक छोरा र तीन छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्