झापा , भदौ २७ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित भद्रपुरबाट एकजना पक्राउ परेका छन् ।

आइतबार दिउँसो ३ बजे भद्रपुर ८ मा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर ८ बस्ने २२ वर्षिय सुमन तामाङलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । चेकजाँच गर्दा उनको साथबाट १५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्