काँकरभिट्टा, भदौ २८ । व्यवसायी तथा समाजसेवी श्याम प्रसाई (एसपी ) ले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई ३२ इन्चको एलइडी टेलिभिजन प्रदान गरेका छन् ।

विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिएका थुनुवाहरुको लागि प्रसाईले टेलिभिजन प्रदान गरेका हुन् ।
ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य , मेची ट्रान्सपोर्ट एसोशिएसनका बरिष्ठ उपाध्यक्षसमेत प्रसाईले हिरासतमा रहेका थुनुवाले टेलिभिजन हेरेर नयाँ ज्ञान आर्जन गर्नुका साथै आपराधिक क्रियाकलापमा संलग्न हुनबाट सचेत बनून् भनेर प्रहरी कार्यालयलाई आफूले टेलिभिजन प्रदान गरेको जानकारी दिए । उनले २६ हजार ९ सय ९९ रुपैयाँमा एलइडी टेलिभिजन किनेर उपलब्ध गराएका हुन् । उनले यसअघि पनि सोहि कार्यालय परिसरमा रहेको मन्दिरका लागि २५ हजार ९ सय ९९ रुपैंयाँ सहयोग गरेका थिए भने छोराको जन्मदिनमा गोलधापमा रहेको रक्तकाली मन्दिरमा ९ केजी ९ सय ९९ ग्रामको घण्टी प्रदान गरेका थिए ।

विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवाहरुको सोचमा सकारात्मक विकास गराउन तथा सन्देशमुलक सामग्री प्रसारण गर्नका लागि टेलिभिजनले ठूलो मद्धत पु¥याउने कार्यालयका डिएसपी सुनिल दाहालले बताए । हिरासतमा बसेका थुनुवालाई समय कटाउन तथा आपराधिक क्रियाकलापमा संलग्न हुँदा भोग्नुपर्ने सजायलगायत कानुनी प्रावधानका विषयमा जानकारी दिन टेलिभिजनले ठूलो मद्धत पुग्ने कार्यालयका इन्स्पेक्टर सुनिल श्रेष्ठले बताए । कार्यालय परिसरमा भएको संक्षिप्त कार्यक्रमको सञ्चालन मुद्धा शाखाका असइ दुर्गा खनालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्