बिर्तामोड , असोज २ । बिर्तामोड ५ स्थित कंचनजंघा एफएमको परिसरमा एकजनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

एफएममा सुरक्षागार्डको रुपमा काम गर्ने जितबहादुर कार्कीका १८ वर्षिय छोरा केशव कार्कीले एफएमको क्वाटरमा झुन्डिएर आत्महत्या गरेका हुन् । बिहान ७ बजे झुन्डिएको अबस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । आत्महत्या गर्नुको कारण खुलिनसकेको र शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्