झापा , असोज २ । संविधान दिवस तथा विश्व सरसफाई दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपालले व्यापक सरसफाइ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापा तथा मातहत सुरक्षा बेश र बिओपीहरुद्वारा झापा जिल्लाका विभिन्न स्थानहरुमा सरसफाइ गरिएको हो ।

शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म स्थानीय, उद्योग वाणिज्य संघ भद्रपुरलगायत सम्बन्धित ब्यवस्थापन समितिहरुसँग सहकार्य गरी सरसफाई गरिनुका साथै मास्क वितरण गरिएको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाईले बताए ।

उनले भद्रपुर ९ स्थित दुर्गा मन्दिर, भद्रपुर ८ स्थित अस्पताल चोक, कचनकवल १ मा रहेको दुर्गा मन्दिर, दमक–२ स्थित बेलडाँगी बिशेश्वर शिवालय मन्दिर, गौरादह–९ मा रहेको शिवालय मन्दिर ( खजुरबारी ), अर्जुनधारा –७ मा अवस्थित अर्जुनधारा मन्दिर र झापा गापा १ मा रहेको सितुमारी किराँतेश्वर मन्दिरमा सरसफाइ गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्