झापा , असोज २ । करेन्ट लगाई माछा मार्ने क्रममा दमकमा एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ ५.४५ बजे दमक नगरपालिका ५ बस्ने ४० वर्षिय कविराज बुढाथोकीले सोही ठाउँमा रहेको दिपिनी खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर उनी आफै घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमकतर्फ ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव लाइफलाइन अस्पताल दमकमा रहेको र ईलाका प्रहरी कार्यालय दमकबाट टोली खटिगई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्