झापा,असोज १० । विपक्षी प्यानलको घेरावन्दीका बावजुद नेपाली काँग्रेस बिर्तामोडको नगर सभापतिमा भोजराज सिटौला प्यानलसहित निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतदानमा ४३ मतले नगर सभापति पदका प्रत्यासी कुलप्रसाद संग्रौलालाई ४३ मतले पराजित गरी सिटौला दोस्रो कार्यकालको लागि नगर सभापतिमा निर्वाचित भएका हुन् । सिटौलाले १५९ मत ल्याउँदा संग्रौलाले ११६ मत पाएका छन् । त्यस्तै उपसभापतिमा सिटौला प्यानलकै सूर्यप्रसाद कन्दङ्वा १७३ , राजकुमार राजवंशी १३६ मत ल्याएर विजयी भएका छन् । अर्को प्यानलका बलराम कार्कीले ११३ र पशुपति राजवंशीले १०७ मत पाएका छन् । त्यस्तै सचिव पदमा दिवाकर प्रसाई १५३ र उत्तम खनाल १३५ मतसहित विजयी बनेका छन् । सचिव पदकै प्रत्यासी अच्युत दाहालले १२८ र दिपेन्द्र राउतले १२२ मत ल्याएका छन् । त्यस्तै सहसचिवमा रमेश चौधरीले १६६ र दिनेश पराजुलीले १४७ मत ल्याएर विजयी हासिल गरेका छन् । उनीहरुका प्रतिद्वन्द्वी धर्मेन्द्र सिटौलाले ११५ र अमोदकुमार दाहालले १११ मत ल्याएका छन् । मतदानमा २७९ जनाले भाग लिएका थिए । ५९ सदस्यीय बिर्तामोड नगर समितिका लागि हिजो ९० जनाको उम्मेद्वारी परेको थियो । त्यसमध्ये २५ जना सर्वसम्मत भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्