झापा , असोज १६ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे । यस जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अङ्क जोडेको छ । माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा बेहोरेको हारको बदला समेत लिएको छ ।
ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्