बिर्तामोड, असोज २२ । झापाको बिर्तामोड ३ स्थित पुण्डरी चोक निवासी नगेन्द्रप्रसाद थपलियाले बिर्ताबजारमा रहेको नवदुर्गा मन्दिरलाई दुई थान घण्टी प्रदान गरेका छन् ।

आफ्ना स्वर्गीय बुबा रामप्रसाद र आमा सीता थपलियाको सम्झनामा उनले मन्दिरलाई घण्टी प्रदान गरेका हुन् ।
हिजो घटस्थापनाका दिन बिर्तामोड नगरपालिकाका मेयर धुब्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको एक संक्षिप्त कार्यक्रमकाबिच समाजसेवी थपलियाले करिब ८० केजी बराबरको एक लाख १५ हजार मुल्यका दुईवटा घण्टी सहयोग गरेका हुन् ।
कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव माझी, सदस्य शिव खरेल दाता थपलियाकी श्रीमती मेनुका थपलियालगायतको उपस्थिति रहेको थियो । हिजोबाट मन्दिरमा चण्डीपाठ र दुर्गा पुजा शुरु भएको छ । मेयर शिवाकोटीले घण्टी बजाएर पुजा शुरु गरेका हुन् । त्यसैगरी हिजो सामूहिक जमरा राखिएको समिति अध्यक्ष माझीले बताए । दुर्गा पुजामा पण्डितहरु हरि अधिकारी र छवि पौडेल संलग्न रहेको समितिका सचिव कृष्ण राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्