बिर्तामोड , असोज २२ । शिखर बचत तथा ऋण सहकारी संस्थाले ११ आंै स्थापना दिवसका अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई दशंैको लागि नयाँ लुगा वितरण गरेको छ ।


३ बर्षदेखि १४ बर्षसम्मका विद्यार्थीलाई राजगढ सेवाकेन्द्रमा नयाँ लुगा वितरण गरिएको हो । संस्थाका सदस्यबाट केक काटेर राजगढ सेवाकेन्द्रमा सुरुवात गरिएको कार्यक्रममा १ सय जनालाई नयाँ लुगा वितरण गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा नयाँ लुगा वितरण गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए ।
२०६७ साल असोज २२ गते औपचारिक उद्घाटन गरी सुरुवात गरिएको शिखर साकोस बिर्तामोडमा मुख्य कार्यालय रहेर राजगढ र गरामनीमा सेवाकेन्द्र संचालनमा रहेको छ । प्रविधिमैत्री संस्थामा परिचित शिखर साकोस सहकारीको भीडमा भिन्न रहेको छ । सेवामा उत्कृष्ट रहने उद्धेश्यले सेवारत रहेको छ । ७ हजार ८ सय ४५ जना शेयर सदस्य रहेको यस संस्थामा १३ सय २० जना ऋणी रहेका छन् । ५ करोड ४४ लाख ७४ हजार ७ सय शेयर पुँजी रहेको संस्थाले जनाएको छ । ७० करोड बचत र ६९ करोड ऋण लगानी गरिएको छ भने हाल ३५ जना कर्मचारी सेवारत रहेको जनाईएको छ । ९४ करोड ५७ लाख ८४ हजार ८२५ रुपैयाँको वासलात रहेको यस संस्था सदस्यमुखी रहेको छ । लक्ष्मी पुजाबाट आफ्नै भवनबाट सेवा सुरु गरिने संचालक किरण पौडेलले बताए । “प्रविधिमा हामी अन्य सहकारी भन्दा अगाडी रहेर काम गर्दै आएको छौ । हाल सम्म १२ सयलाई प्रत्यक्ष शिखर एमबैक ९ःयदष्भि द्यबलपष्लन०मा जोडेका छौ ” उनले भने । यस वर्ष सम्म २ हजारभन्दा बढीलाई एम बैकमा जोडेर सदस्यहरुलाई प्रविधिमा अव्बल बनाइने आइटी संयोजक समेत रहेका किरण पौडेलले बताए । संस्थाले लगानीमा १ प्रतिशत सेवा शुल्क लिएर सेवा प्रवाह गर्दै आएको तथा १२ र १३ प्रतिशतसम्म ऋण लगानी गरिदै आएको सहसचिव तारा खतिवडाले बताए । सामाजिक उत्तरदायित्वमा अग्रणी रहँदै सदस्यहरुको माझमा रहँदै आएको शिखर साकोसका संचालक मदन विकले बताए । संस्थाले समयसापेक्ष सेवा विस्तार गदै लगेको छ । सहकारीमा लकर सुविधा प्रदेश न १ मा नै पहिलोपटक सुरुवात गरेको अध्यक्ष राउतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्