विराटनगर , कात्तिक ३ । विराटनगर एयरपोर्ट डुबानमा परेको छ ।

अविरल वर्षाले केशलिया खोलामा आएको बाढी एयरपोर्टमा पसेपछि डुबानमा परेको हो ।
एयरपोर्टको धावनमार्गमा डेढ फिटसम्म पानी जमेको छ भने टर्मिनल भवनभित्र पनि पानी जमेको छ । एयरपोर्ट डुबानका कारण काठमाडौंका लागि टिकट काटेर बसेका यात्रुहरू अलपत्र छन् ।
हिजो पनि अत्यधिक वर्षाका कारण जहाजहरू उड्न सकेका थिएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्