झापा, कात्तिक ३ । राजवंशी भाषाको कथानक चलचित्र ‘आर्दाङ’को छायांकन शुरु भएको छ ।

कात्तिक १ गते सोमबार शुभमुहूर्त गरी छायांकन शुरू गरिएको हो ।
झापाको विभिन्न ठाउँमा छायांकन गरिने चलचित्रलाई कथा तथा निर्देशन एभरेष्ट फिल्म एकेडमीबाट ग्राजुएशन गरेका अर्जुन ताजपुरियाले गर्ने भएका छन् । गाउँमा रहेको खोलाको समस्या र राजनीतिक भूमिकालाई आर्टिष्टीक बनाइने चलचित्र
निर्देशक ताजपुरियाले बताए । भुवनेस् सिने भिजनको ब्यानरमा चलचित्र निर्माण हुने छ । भुवनेश्वर राजवंशी, कौशिला गणेश, अर्जुन ताजपुरिया, खड्ग राजवंशी, सत्यनारायण राजवंशी, दिलबहादुर राजवंशीको अभिनय रहेको उक्त चलचित्रमा उद्धव राजवंशी, जगदीश राजवंशी, भुवनेश्वर राजवंशी, अर्जुन ताजपुरिया निर्माता रहेका छन् ।
चलचित्रको छायांकन नागेश्वर राजवंशीले गर्ने भएका छन् भने सम्पूर्ण पोष्ट प्रोडक्सन मुभी जोन काठमाडौंबाट हुने चलचित्र निर्माता भुवनेश्वर राजवंशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्