बिर्तामोड , कात्तिक ३ । झापाको मेचीनगर–६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको निधन भएपछि बिर्तामोडको एक परिवारलाई नगद पचास हजार राहत सहयोग गरेको छ ।

एनएमसी सहकारीको बिर्तामोड–१० सैनिकबजार शाखा अन्तरगत शेयर सदस्य इन्द्रबहादुर श्रेष्ठको निधन भएपछि सैनिकबजारस्थित स्व.श्रेष्ठको निवासमा पुगेर सहकारीले ५०हजार रुपैयाँ प्रदान गरेको हो। उनको गत असोज २५ गते ६९ वर्षको उमेरमा निधन भएको थियो।
सहकारीको सैनिकबजार कार्यालयगत उपसमिति संयोजक मनु मुखिया सुनुवार,दुई नम्बर एकाई उपसमिति संयोजक रत्नबहादुर बस्नेत,कार्यालय प्रमुख सन्तोष ढुंगानालगायतको टोलीले समवेदनापत्रसहित उक्त राहत रकम हस्तान्तरण गरेको थियो। संस्थामा ११ हजार रुपैयाँभन्दा बढी शेयर रकम मौज्दात भएका सदस्यको मृत्यु भएमा ५० हजार रुपैयाँ उपलब्ध गराइने संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको कार्यालय प्रमुख ढुंगानाले जानकारी दिए।
कर्मचारी पवन मैनालीले सहजीकरण गरेको कार्यक्रममा बजार प्रतिनिधि चन्द्रबहादुर राई, निशा लिम्बूलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्