झापा, कात्तिक ६ । बिर्तामोडका अधिकांश वडामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ ।


नेकपा एमालेको वडा अधिवेशनबाट सर्वसम्मत रुपमा वडा कमिटी चयन गरिएको हो । यसक्रममा वडा नं ३ मा कुमार बुढाथोकीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा रश्मी जोशी , सचिव हरिप्रसाद बाँसकोटा , उपसचिव लक्ष्मण पाठक र राजकिशोर शाह चुनिएका छन् । अधिवेशनले २७ जना नगर प्रतिनिधि चयन गरेको छ । त्यस्तै वडा नं ७ मा केशव कार्की अध्यक्ष चयन भएका छन् । ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा कुवेरप्रसाद कोइराला , सचिव टीका खरेल , उपसचिव अनिल गदाइली र हिमा भट्टराई रहेका छन् । त्यस्तै वडा नं ८ मा बिष्णुप्रसाद भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा खिलेश्वर दहाल,सचिव युवराज गौतम,उपसचिव मनकुमारी राजवंशी र समृता दर्नाल रहेका छन् । त्यस्तै वडा नं ९ को अध्यक्षमा बिष्णुमाया अधिकारी सर्वसम्मत चयन भएकी छन् । ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा कर्णबहादुर मगर, सचिव ,प्रेम भण्डारी, उपसचिव प्रदीप संग्रौला ,कृष्ण उप्रेती रहेका छन् ।त्यस्तै बिर्तामोड १० मा इन्द्र प्रसाईको अध्यक्षतामा ३१ सदस्यीय कमिटी निर्माण भएको छ । जसको उपाध्यक्षमा कमला गौतम , सचिव पूर्ण पौडेल ,उपसचिवमा बुद्धि पौडेल र नवराज चापागाई रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्