बिर्तामोड , कात्तिक ८ । क्षितिज नाट्य समूहको ब्यानरमा क्षितिज संगीत साधना प्रतिष्ठान झापाद्वारा निर्माण गर्न लागिएको नेपाली कथानक लघु चलचित्र परिबन्धको आज शुभमुहुर्त गरिएको छ ।

नाट्य समूहका केन्द्रीय अध्यक्ष तथा बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण कार्यका अभियन्ता माधब कल्पितले बिधिवत रुपमा लघु चलचित्रको शुभमुहुर्त गरेका हुन् ।
जितेन्द्र श्रेष्ठको कथा निर्देशनमा आधारित लघु चलचित्र परिबन्ध कोपिला टेलिभिजनबाट रिलिज गरिने लक्ष्यका साथ तयार गर्न लागिएको हो ।नेपाली नारी समाजले भोग्नु परेको पारिवारिक समस्या ,आर्थिक बिपन्नता र परिवारको जीवन रक्षाका लागि कुनै पनि उपाय नभेटेपछि परिबन्धमा परेर गर्नुपरेको देह व्यापारको बाध्यतालाई कथामा समेटिएको समूहका केन्द्रीय अध्यक्ष माधब कल्पितले जानकारी दिएका छन् । क्षितिज नाट्य समूहका नाट्य विभाग प्रमुख गजेन्द्र पृथकको छायांकन र सम्पादनमा निर्माण भइरहेको चलचित्रलाई जेनियश मिडियाले विशेष प्रचारप्रसारमा ल्याउन लागेको जेनियश मिडिया प्रालिका प्रबन्ध निर्देशक निरज पोखरेलले जानकारी दिए । उक्त चलचित्रमा नाट्य समूहका कलाकारहरु श्रृष्टि आचार्य,रतन सिगु ( लिम्बू),किरण कन्दङ्वा,सञ्जु मैनाली,गोविन्द रपाल,जितेन्द्र श्रेष्ठ ,सुजन शिवाकोटी ,निरज पोखरेल,मणि बर्देवा,पबित्रा ओली,ज्ञानु खड्का ,
राजकुमार गुरुङलगायतका कलाकारहरुको अभिनय रहने निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिए । चलचित्र प्रदर्शनबाट उठेको रकम झापा नाटक घर निर्माणका लागि खर्च गरिने संगीत साधना प्रतिष्ठानका कोषाध्यक्ष गोविन्द रपालले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्