झापा , कात्तिक १४ । झापा भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपाल आर्मी भेट्रान्स क्लबलाई २–० गोल अन्तरले हराउँदै झापा उपाधि नजिक पुगेको हो । झापाको जितमा भेषराज लिम्बु र श्यामकुमार गोलेले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७औं मिनेटमा कप्तान भेषराजले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६० औं मिनेटमा श्यामले गोल गर्दै झापालाई २–० को जित दिलाए ।

यसैगरी, एफई खुमलटार भेट्रान्स क्लब अन्तिम सेमिफाइनल खेलबाट मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एसएनकेसीलाई २–० गोल अन्तरले पराजित गर्दै खुमलटार फाइनल पुगेको हो । खुमलटारलाई जित दिलाउन रितेश खड्का र जुमानु राईले एक–एक गोल गरे । पाँचौं मिनेटमा रितेशले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि सातौं मिनेटमा जुमानुले गोल गर्दै खुमलटारलाई २–० को जित दिलाए । अब खुमलटारले उपाधिका लागि झापा भेट्रान्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउने छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्