सुरुङ्गा , कात्तिक १४ । कन्काई नगरपालिका ४ मा रहेको लालीगुराँस बाल क्लबको आयोजनामा बालमैत्री अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जनप्रतिनिधि ,टोल विकास समितिका अध्यक्ष ,शिक्षक ,बालबालिकाको सहभागिता रहेको कार्यक्रममा बालमैत्री स्थानीय तह निर्माण र बाल सहभागिताका बिषयमा अन्तरक्रिया गरिएको क्लबका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिए।
बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक संचारकर्मी सरोज पौडेलको सहजीकरण रहेको कार्यक्रममा बाल संजाल अध्यक्ष खेमराज चापागाईंले संजालका आगामी कार्ययोजना र रणनीतिका बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा कार्यवाहक वडाध्यक्ष देवीमाया दाहाल,डिल्लीराम भुर्तेल, टोल विकास अध्यक्ष दुर्गाप्रसाद चापागाईं, बुद्धिप्रसाद सुवेदी , मनोरथ थापालगायतले बालमैत्री नगर निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।अभिषेक बुढाथोकीको स्वागत रहेको कार्यक्रमको संचालन मौनता बजगाईले गरेकी थिइन् ।