भद्रपुर, कात्तिक १८ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीको अवसर पारेर देवकोटा स्मारक संरक्षण समिति भद्रपुर ९ चन्द्रगढीले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले काव्य पुरस्कार , स्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार वितरण तथा बाल कविता गोष्ठी सम्पन्न गरेको हो । समितिका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार घनेन्द्र शर्मा र विरही अधिकारीलाई स्व.मनोरथ दाहाल स्मृति काव्य पुरस्कार , पत्रकार राजबाबु शंकर र साहित्यकार तिर्थराज चापागाईलाई स्रष्टा सम्मान तथा रफत प्रबिन र राजेश राईलाई शैक्षिक उन्नयन पुरस्कार हस्तान्तरण गरिएको थियो ।
संस्थाका सचिव राजु वरालले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष खड्गप्रसाद दाहालले गरेका थिए । त्यस अवसरमा बाल कवि गोष्ठी समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्