बिर्तामोेड , कात्तिक १९ । प्रदेश नं.१ की सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फेले आज झापा नाटक घरको अनुगमन गरेकी छन् ।

आफू राज्यमन्त्री बनेलगत्तै पहिलोपटक झापा नाटक घर आइपुगेकी राज्यमन्त्री तुम्बाहाम्फेले भाषा ,कला,साहित्य र संस्कृतिको संरक्षण आफ्नो पहिलो एजेन्डा भएकोले बहुजाति,बहुभाषी बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण कार्यको पूर्णताका लागि आफ्नो मन्त्रालयमार्फत सक्दो सहयोग गर्ने बताइन् । भाषा,कला साहित्य र संस्कृति संरक्षणमा क्याबिनेटबाट समेत केही रकम छुट्टिएको हुँदा झापा नाटक घरको लागि आफूले उक्त रकम उपलब्ध गराउन विशेष भूमिका निर्वाह गर्ने समेत मन्त्री तुम्बाहाम्फेले बताइन् । राज्यले आफै निर्माण गर्नुपर्ने साँस्कृतिक संग्रहालयसहितको नाटक घर क्षितिज नाट्य समूहको अगुवाइमा स्थानीय स्तरको साथ र सहयोगमा निर्माण भएको देख्दा अत्यन्तै खुशी लागेको बताउँदै आफूले नतृत्व गरेकोे मन्त्रालयले यसको निर्माण सम्पन्नतामा विशेष भूमिका निर्बाह गर्ने कुरामा ढुक्क हुन कलाकारहरुलाई आश्वासन समेत दिइन् । प्रदेश सरकारले क्षितिज नाट्य समूहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियन्ता युवा रंगकर्मी माधब कल्पितलाई भाषा,कला साहित्य प्रतिभा सम्मान प्रदान गर्ने घोषणा गरेलगत्तै भएको राज्यमन्त्रीको भ्रमणले नाट्य समूहलाई थप ऊर्जा मिलेको नाट्य समूहका केन्द्रीय सदस्य तथा नाट्य विभाग प्रमुख गजेन्द्र पृथकले बताए । समूहका केन्द्रीय अध्यक्ष माधब कल्पितले सञ्चालन गरेको कार्यक्रममा समूहका कार्यकारी अधिकृत राजकुमार भट्टराईले स्वागत गरेका थिए । कार्यक्रममा सामाजिक ब्यक्तित्व धनबहादुर पन्धाक, सञ्चारकर्मी तुलसीप्रसाद निरौलालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्