बिर्तामोड,मंसीर ५ । झापाको दमक नगरपालिका ४ स्थितमा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगद सहित ६ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ बर्षीय शेरवहादुर कार्की, सोही स्थानका ५३ बर्षीय रेवत वुढाथोकी, ४६ बर्षीय चेतबहादुर कुँवर र दमक नगरपालिका ९ का ४६ बर्षीय रविन श्रेष्ठ रहेका छन् । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद दुई लाख ५६ हजार ३५०, एक बुङ तास सहित उनीहरुलाई पक्राउ गरिएको हो । थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्