अर्जुनधारा, मंसीर ५ । कोरोना कहरपछि अर्जुनधारा जलेश्वर धामले ३९ औं वार्षिक अनुष्ठानको रुपमा यही मंसीर १० गतेबाट श्रीमद्भागवत महापुराण लगाउने भएको छ ।

गत वर्ष कोभिडका कारण बन्दाबन्दी रहँदा कोठे पुराणमा सीमित भए पनि भक्तजनहरुको उपस्थिति बाक्लै रहेको थियो । यस वर्ष तमाम् भक्तजनहरुको मागलाई ध्यानमा राख्दै सुरक्षा मापदण्ड अपनाएर श्रीमद्भागवत महापुराण, गंगा आरती, कोरोनाकालबाट दिवंगत भएकाहरुको मोक्षका लागि महायज्ञ गरिने धामले जनाएको छ । धामले यसअघि सञ्चालन गरेको ‘भूमिदान, महादान’ र धामको अक्षयकोषसँगै गुरुयोजना सम्पन्न गर्न र पुराणलाई आकर्षक बनाउन सम्पूर्ण दानबीरहरुसँग अनुरोध गर्ने समेत जनाएको छ ।
धामलाई नियमित रुपमा सञ्चालन गर्न अनुष्ठान नै मुख्य आयस्रोतको भएको र यस वर्ष हुने श्रीमद्भागवत पुराणमा पितृ उद्धारको कार्यक्रम रहेको जानकारी दिँदै सम्पूर्ण धर्मावलम्बीहरुमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।
अनुष्ठानमा मनमोहक ढंगबाट गंगा आरती गरिने, पितृ मोक्षका लागि महायज्ञ गरिने भएको छ । त्यस्तै पुराणलाई रोचक बनाउनका लागि मुख्य वाचकमा सोमनाथ गौतम र उपवाचक चिरञ्जीवि ढुंगाना रहने धामका मुख्य पुजारी अग्नी सिग्देलले जानकारी दिए । अर्जुनधारा धाम समितिलगायत यसअघिका विभिन्न उपसमितिसहितको भेलाले पुराणलाई पूर्णता दिन र मापदण्ड अपनाएर सम्पन्न गर्न विभिन्न समिति निर्माण गरेको छ ।
३९ औं अनुष्ठानलाई भव्य र सभ्य बनाउनका लागि उपसमितिहरु गठन गरिएको छ । जसअनुसार कार्यालय व्यवस्थापनमा संयोजक नविन गट्टानी, सहसंयोजक शिवलाल खतिवडा, विष्णुप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, प्रचारप्रसारमा संयोजक रमेश त्रिखत्री, सहसंयोजक भानु शिवाकोटी, दिपीन राई, अर्जुनधारा प्रेस क्लब अध्यक्ष कुमार भट्टराई, रमेश समदर्शी, अमित खम्बू, होमप्रकाश अधिकारी, बजार व्यवस्थापनमा शिवलाल खतिवडा, गणेश बस्नेत, चन्द्रप्रसाद सिटौला, टेकबहादुर कार्की, भूमिदान महाअभियानमा संयोजक अग्नीप्रसाद सिग्देल, शिवलाल खतिवडा, मनोज जोशी, भानु शिवाकोटी, प्रेमप्रसाद लुइटेल रहेका छन् ।
यसरी नै शान्ति सुरक्षामा संयोजक चित्रसेन भण्डारी, दिपक तामाङ, मूल मन्दिर व्यवस्थापनमा चन्द्रकला भण्डारी, रमा चापागाई, सुशिला सुवेदी, रामबहादुर श्रेष्ठ, अग्नीप्रसाद सिग्देल, गोपाल बुढाथोकी, भोला न्यौपाने, चन्द्र ओली र गंगा थापा रहेका छन् ।
यसरी नै खाद्य तथा स्टोरमा सुरेन्द्र साह, श्याम घिमिरे, भक्तबहादुर बस्नेत, गंगा थापा, सेवन्त ढुंगेल, आपूर्तिमा संयोजक श्याम घिमिरे, सुधिर बस्नेत, कोशी राई र गोपाल बुढाथोकी रहेका छन् । अर्थ तथा गल्ला परिचालनमा संयोजक मनोज जोशी, दिपक तामाङ, भानु शिवाकोटी, सत्यनारायण साह, बाबुराम कार्की, हरिभक्त बराल, कमल सुवेदी, महेश ढकाल, धाम संरक्षण सुपरीवेक्षणमा संयोजक लभकुश गिरी, सहसंयोजक सन्तनु ढकाल, किर्तन मण्डली तथा सांस्कृतिक कार्यक्रममा संयोजक कृष्णप्रसाद पौडेल, भवानी गौतम, देवीभक्त श्रेष्ठ रहेका छन् ।
यसरी नै गुरुकुल अक्षय कोषका लागि संयोजक मनोज जोशी, दिपक तामाङ, चित्रसेन भण्डारी, धान्याञ्चाल तथा चामल व्यवस्थापनमा संयोजक छविलाल शिवाकोटी, शान्तिप्रसाद चौहान रहेका छन् भने प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापनमा संयोजक डा. दुर्गा भट्टराई, अनुशा कार्की, धनबीर यादव रहेको जनाइएको छ ।
त्यस्तै व्यास व्यवस्थापनमा संयोजक रमा चापागाई, मनोरथ शिवाकोटी, रामप्रसाद खतिवडा, व्यास तथा मण्डप श्रृंगार व्यवस्थापनमा संयोजक रामप्रसाद दवाडी, विनोद दाहाल, गंगा आरती व्यवस्थापनमा संयोजक अग्नीप्रसाद सिग्देल, भानु शिवाकोटी, गंगा आरती किर्तन मण्डली र यज्ञ मण्डप व्यवस्थापनमा संयोजक गंगा भट्टराई, भानु जोशी, हेमन्तप्रसाद भण्डारी रहेका छन् । त्यस्तै अतिथि सत्कारमा संयोजक नविन गट्टानी, अग्नीप्रसाद सिग्देल र सम्पूर्ण सल्लाहकार तथा धाम पदाधिकारीहरु, उद्घोषकमा अम्बिकाप्रसाद खतिवडा, भानु शिवाकोटी, चतुर्भुज काफ्ले, इन्दिरा दाहाल, उर्मिला दाहाल, यातायात व्यवस्थापन संयोजकमा भिमचन्द्र भट्टराई, इलाका ट्राफिक कार्यालय, शनिश्चरे ट्राफिक कार्यालय, पण्डाल तथा साउण्ड सेट व्यवस्थापनमा नविन गट्टानी, शिवलाल खतिवडा, चतुर्भुज काफ्ले रहेका छन् । धामका अध्यक्ष नविन गट्टानीको सभापतित्वमा भएको कार्यक्रममा पुराणको विषयलाई लिएर अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा महेश ढकाल, चतुर्भुज काफ्ले, चन्द्रप्रकाश सिटौला, कृष्ण पौडेल, उर्मिला दाहाल, दिपीन राई, लभकुश गिरीलगायतले आ–आफ्ना विचार राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्