झापा , मंसीर ७ ।नेपाली काँग्रेसका युवा नेता नविन बिमलीले झापा जिल्ला सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छ्न ।

नेपाल विद्यार्थी संघ मेची बहुमुखी क्याम्पस इकाई सदस्यबाट राजनीतिक यात्रा शुरु गरेका विमली नेविसंघको जिल्ला सभापति , काँग्रेसको क्षेत्रीय सभापति हुँदै सक्रिय राजनीतिमा लागेका हुन् । उनी युवाहरूमाझ लोकप्रिय छ्न । राजनीतिका साथै सामाजिक सेवामा सक्रिय रहेका विमलीको सचिव पदको उम्मेद्वारीसगै नयाँ उमंग थपिएको र बिजय सुनिश्चित रहेको काँग्रेस कार्यकर्ताहरु बताउँछन् । जिल्ला सभापतिका उम्मेद्वार देउमान थेबेको समूहबाट सचिवमा उम्मेद्वारी घोषणा गरेका उनलाई काँग्रेस नेता कृष्णप्रसाद सिटौला , काँग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी , पूर्व सांसद डिल्ली सिटौला , केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी तथा जिल्ला सभापति उद्वव थापाको समेत समर्थन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्