बिर्तामोड , मंसीर ११ । बिर्तामोड–४ को धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले ग्रामीण सामुदायिक विद्युत् कार्यक्रम नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने भएको छ ।

विद्युत प्राधिकरणले ल्याएको नयाँ छुटसम्बन्धी नीति अवलम्वन तथा व्यवस्थापन गर्न संस्थाको पहुँचभन्दा बाहिर भएकाले उपभोक्ताको मागलाई ध्यानमा राख्दै संस्थाले ब्यवस्थापन गर्दै आएको उक्त कार्यक्रम प्राधिकरणलाई हस्तान्तरण गर्ने भएको हो ।
संस्थाले शनिबार गोलधापमा सेवाकेन्द्र इकाई तथा विद्युत उपभोक्ताको भेला गराएर प्राधिकरणलाई हस्तान्तरण गर्ने निर्णय पारित गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलले विद्युत् प्राधिकरणले ग्रामीण सामुदायिक विद्युत् उपभोक्ताका लागि ल्याएको नयाँ नीतिअन्तर्गत छुटको ब्यवस्थापन गर्न असहज हुने बताए । साथै केही बर्ष अघिदेखिको उपभोक्ताको मागबमोजिम विद्युत् प्राधिकरणलाई बुझाउन लागिएको अध्यक्ष पौडेलले बताए ।
ग्रामीण सामुदायिक विद्युत् कार्यक्रमअन्तरगत हल्दिबारी र बाह्रदशीका केहि स्थानका एक हजार एक सय उपभोक्ताले विद्युत् प्रयोग गर्दै आएको गोलधाप सेवाकेन्द्रकी प्रमुख धनकुमारी बस्नेतले जानकारी दिइन् । सो क्षेत्रमा सञ्चालित उक्त कार्यक्रम ३ वटा ट्रान्सफर्मर नेपाल सरकारको ८० र उपभोक्ताको २० प्रतिशत, त्यस्तै ३ वटा ट्रान्सफर्मर नेपाल सरकारको ९० र उपभोक्ताको १० प्रतिशत लगानीमा जडान गरिएको बताइएको छ ।
सोही कार्यक्रमकाबीच संस्थाले १४ औ बार्षिक साधारणसभाको प्रतिनिधि छनोट समेत गरेको छ । कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन सञ्चालक समिति सदस्य सुशिल दाहालले प्रस्तुत गरेका थिए । संस्थाकी सञ्चालक समिति सदस्य कमलादेबी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य डा. गौरीशंकर झा, सुमन खनाल, दिपेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो । सेवाकेन्द्र प्रमुख धनकुमारी बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन ब्यवस्थापक राजेश दाहालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्