झापा , मंसीर १२ । नेपाली कांग्रेस झापाको नयाँ नेतृत्वको लागि शुक्रवार सम्पन्न निर्वाचनको मतगणनामा राम कट्टेल प्यानलको अग्रतालाई उल्ट्याउँदै देउकुमार थेबे नेतृत्वको सिंगो प्यानल विजयनजिक पुगेको छ ।
पछिल्लो मत परिणाम अनुसार २९७२ मत गणना हुँदासम्म सभापतिमा देउकुमार थेवेले१६६३ मत ल्याउँदा प्रतिष्पर्धी रामबहादुर कट्टेलले१४८० मत पाएका छन् । जसबाट थेबेले ७८ मतको अग्रता बनाएका छन् ।त्यसैगरी उपसभापतिमा केशवराज पाण्डे १७९१ , प्रेम सम्वाहाम्फे १३७३, शेरबहादुर भट्टराई १५८३ ,समशेर गिरी ११९० , सचिवमा कृष्ण हुमागाँई १५८० ,
विश्वदिप लिम्बू १४०४ ,टुमलाल राजवंशी १२७६ ,नवीन बिमली १७३१ , उपसचिवमा उमाराम प्रसाईं १३०० , कमलप्रसाद भण्डारी १६६५ ,कालेन्द्रप्रसाद राजवंशी १६६०, पदम लिम्बूले १३२१ मत पाएका छन् । त्यस्तै जिल्ला सदस्यमा पनि थेबेको प्यानल नै अगाडि रहेको छ । क्षेत्र नं १ र ५ को मतगणनामा भारी अन्तरले अगाडि रहेको कट्टेल प्यानल क्षेत्र नं २ र ४ को मतगणनामा मतान्तरको हिसाबले पछि पर्दै गएको थियो । क्षेत्र नं ३ को मतगणनामा भने थेबे प्यानलले कट्टेललाई सजिलै उछिनेको छ ।