बुद्धशान्ति, मंसीर १८ । झापाको बुद्धशान्ति गाउँपालिका २ स्थित बाल्मीकि चोकमा रहेको ऋषि वाल्मीकिय मधुसुदन आश्रमको निर्माणाधिन भवनका लागि युवा व्यवसायी तथा समाजसेवी श्याम प्रसाई (एसपी) ले आर्थिक सहयोग गरेका छन् ।

शनिबार एक संक्षिप्त कार्यक्रमकाबीच ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा मेची ट्रान्सपोर्ट एसोशिएसनको बरिष्ठ उपाध्यक्ष रहेका समाजसेवी प्रसाईले निर्माणाधिन आश्रममै पुगेर १८ हजार ९९ रुपैयाँ सहयोग गरेका हुन् । उनले आश्रम समितिका अध्यक्ष आचार्य राघवेन्द्र मिश्रलाई उक्त नगद हस्तान्तरण गरेका थिए ।
उनले आर्थिक अभावका कारणले निर्माण कार्य अगाडि बढ्न नसकेको आफन्त भैरब उप्रेतीबाट थाहा पाएसंगै केहि थोरै सहयोग गरेको बताए । उनले भने, ‘यो रकम पर्याप्त नभए पनि धेरै दाताहरुले थोरै–थोरै भए पनि सहयोग गरे अवश्य यो आश्रमले लिएको लक्ष्य पुरा हुन्छ , तसर्थ हामी सबैले सहयोग गर्नुपर्छ । ’
समाजसेवी प्रसाईले सोहि कार्यक्रममा सात जना गुरुहरुलाई जाडोको न्यानो टोपी तथा गलबन्दी ओढाएर सम्मान गरेका थिए ।
प्रसाईले गरेको सहयोगप्रति स्थानीय देवु उप्रेतीसहित आश्रमका गुरुहरुले प्रशंसासहित धन्यवाद दिएका थिए । प्रसाईले छोरा संकेत तथा छोरी क्रिस्टिनाको जन्मदिनसहित अन्य बिभिन्न अवसर पारेर यसअघि पनि हल्दिबारी गाउँपालिकामा रहेको रक्तकाली मन्दिरका लागि घण्टी, इलाका प्रहरी कार्यालय कांँकरभिट्टामा रहेका थुनुवा कैदीका लागि टेलिभिजन तथा सोहि कार्यालय परिसरमा रहेको मन्दिर निर्माणमा आर्थिक सहयोग तथा कुञ्जीबारीमा रहेका अनाथ बालबालिकाको घर निर्माणमा आर्थिक सहयोगसहित ती बालबालिकालाई लत्ताकपडालगायतका अन्य धेरै सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्