बिर्तामोड , मंसीर १८ । विराट बहुउद्देश्यीय सहकारी संस्थाको छैटौं अधिवेशन तथा १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः मोहन शिवाकोटी निर्वाचित भएका छन् ।

संस्थाको ११ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा शिवाकोटीलाई पुनः चयन गरिएको हो । उनी स्थापनाकालदेखि अध्यक्ष छन् । त्यस्तै उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः होमप्रसाद सिटौला, गणेश ओली र काजीबहादुर बुढाथोकी सर्वसम्मत भएका छन् । सञ्चालक समितिको सदस्यहरुमा नारायण शिवाकोटी, युवराज तिम्सिना, राजु चाम्लिङ , जयप्रकाश सिटौला, अर्जुनकुमार पाठक, भीमा शिवाकोटी र रमा बुढाथोकीले जिम्मेवारी पाएका छन् ।
संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा केशवराज पाठकले जिम्मेवारी पाएका छन् भने अर्जुन न्यौपाने र होमनाथ उप्रेती सदस्यमा रहेका छन् ।
उमानाथ ओलीको संयोजकत्वमा कृष्णप्रसाद बिमली र बिनोद गौतम सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरेको हो । संस्था स्थापनाको १६ औं बर्षसम्म आईपुग्दा विराटमा कूल ३१४१ शेयर सदस्यहरुले कारोवार गरिरहेका छन् । जसमा १७०७ महिला, १३४९ पुरुष र ८५ संघसंस्थाहरु शेयर सदस्यको रुपमा रहेका छन् भने कूल शेयर पूँजी रु.६ करोड ९३ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको छ ।
निर्वाचन समितिका सदस्य गौतमले साधारणसभामा सर्वसम्मत चयन गरिएका सञ्चालकहरुको नामावली वाचन गरेका थिए । नयाँ नेतृत्वलाई निर्वाचन समितिका संयोजक ओलीले प्रमाणपत्र प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष शिवाकोटीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संस्थाका उपाध्यक्ष पर्शुराम सिटौला, सदस्य सम्फी दास तत्मा, सितादेवी तिम्सिना, प्रकाशचन्द्र उप्रेती, अनिरुद्र तिम्सिना, विश्वेश्वरा पाठक, दिपक प्रसाई, रेणुका पाठक, इन्दुदेवी कर्ण, मिना बराललाई गुमाएको बताए । उनले संस्थाका उपाध्यक्ष स्व. सिटौलाको संझनामा २५ हजार रुपैयाँ राशिको स्व.पर्शुराम सिटौला स्मृति पुरस्कार स्थापना गरी यसै वर्षबाट वितरण गरिएको जानकारी दिए । यस वर्ष कोरोना संक्रमितको उपचारमा सक्रिय मेची अस्पतालमा कार्यरत रक्षा बराल र पुजा खरेललाई सो पुरस्कार प्रदान गरिएको छ ।

अध्यक्ष शिवाकोटीले संस्थाले लामो प्रतिक्षापछि आफ्नै भवनमा सदस्यहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै सुपथ सहकारी पसल गत वर्षबाट सञ्चालनमा ल्याएको जानकारी दिए । संस्थामा आवद्ध ७५ वर्षभन्दा माथिका जेष्ठ सदस्यहरुलाई रुं.२ हजार उपलब्ध गराउँदै आएकोमा यस वर्षबाट रु.१ हजार थप गरी रु.३ हजार नगदसहित २४ जनालाई जेष्ठ नागरिक सहयोगसाथ सम्मान गरिएको उनले बताए । त्यस्तै सदस्य स्वास्थ्य उपचार सहयोग कोषबाहेक संस्था प्रवद्र्धन कोष ३ लाख २२ हजार४९९ रुपैयाँ रहेको , सदस्य स्वास्थ्य उपचार सहयोग कोषमा ६४लाख७७ हजार ५सय रुपैयाँ पुगेको अवगत गराए । राष्ट्रिय सभाका निवर्तमान सांसद हरिचरण शिवाकोटीको प्रमुख आतिथ्य , पूर्व सांसद डिल्लीप्रसाद सिटौलाको बिशेष आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल , मेची अस्पतालका मेडिकल सुपरिेन्डेन्ट टंक बाराकोटीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा अनारमनी पव्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेल , कार्यपालिका सदस्य द्रौपती गणेश, संस्थाका प्रमुख सल्लाहकार उमानाथ ओलीलगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव रुद्र सिटौलाले संचालन गरेको कार्यक्रममा स्वागत कोषाध्ययक्ष काजीबहादुर बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्