सुरेश आले ‘सर्जु’,
बिर्तामोड , मंसीर २७ । बिर्तामोड १० निवासी टेकेन्द्रबहादुर थापा र तिर्थकुमारी थापाले मनकामना किर्तन मण्डलीलाई २२ हजार १ सय मूल्य बराबरको वाद्य सामग्री हारमोनियम सहयोग गरेका छन् ।

बिर्तामोड ९ र १० मा अवस्थित मनकामना किर्तन मण्डलीलाई उनीहरुले एक कार्यक्रमका बीच सो सहयोग गरेका हुन् । आफ्ना स्व. पिता रणबहादुर थापा र स्व. माता सावित्रादेवी थापाको स्मृतिमा सो वाद्य सामग्री सहयोग गरिएको थापाले बताए ।
मण्डलीका अध्यक्ष युवराज पराजुलीले किर्तन मण्डलीको हारमोनियम बिग्रिएकोले भजन किर्तन गर्न अप्ठयारो हुँदा थापा परिवारको सहयोगले सहज भएको बताए । सोही कार्यक्रममा साँझ थापाकै घरमा किर्तन गरिएको समूहकी उपाध्यक्ष नैनकला थापाले बताईन् ।
यसभन्दा अघि पनि थापाकै भतिज यानबहादुर थापाको पहलमा उनको परिवारले सोही समूहलाई साउन्ड सिस्टम सहयोग गरेको थियो ।कार्यक्रममा किर्तन मण्डलीका सदस्यलगायत दाताले मन्तब्य राखेका थिए । कार्यक्रम मण्डलीका कोषाध्यक्ष रामप्रसाद खनालले संचालन गरेका थिए । कार्यक्रममा दाता परिवारलाई फुलमाला लगाइदिएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्