झापा , मंसीर २७ । स्कोरपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी ईटहरी उप–महानगरपालिका–६ का ३४ बर्षिय शंकर पोख्रेल रहेका छन् । हिजो बिहान पौने १० बजे पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बा २० च २१६२ नम्बरको स्कोरपियोले प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका पोख्रेललाई उपचारको लागि पथरी अस्पताल पुर्याईएकोमा उपचारको क्रममा हिजो सवा १० बजे मृत्यु भएको हो । स्कोरपियो र चालक सप्तरी फत्तेपुर नगरपालिका–१ का २६ बर्षिय रोशन बि.क. लाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।