झापा, मंसीर २७ । रुखबाट लडेर १ जना बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रतुवामाई नगरपालिका–१० सोमबारे की ७३ बर्षीया डम्बरकुमारी दाहाल हुन् । हिजो दिँउसो साढे २ बजे रतुवामाई–१० मा घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएकी दाहाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याईएकोमा उपचारको क्रममा हिजो बेलुका साढे ४ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्