झापा , मंसीर २९ । सुनसरीको ईटहरी उप–महनगरपालिका–४ मा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ईटहरी–४ का ५१ बर्षिय श्री मुरारी गिरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे गिरी कै घरमा बस्दै आएकोे १९ बर्षिय सालो अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए । घाईते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको थियो । छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्