झापा, पुष ४ । सुनसरीको गढी गाँउपालिका–५मा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने अर्का घाईते भएका छन् ।

मृत्यु हुनेमा गढी गाँउपालिका–६ का २५ बर्षिय निराजन राय रहेका छन् । हिजो राति ८ः०० बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किन गई ना ८ प ४३९० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक रायको घटनास्थलमै मृत्यु भएको हो । साथै मोटरसाईकल पछाडि सवार गढी–६ कै २७ बर्षिय अक्षय राय समेत घाईते भई उपचारको लागि बिराट नसिंह होम बिराटनगर पुर्याईएको छ । मोटरसाईकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्