बिर्तामोड, पुष ८ । नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चल शाखाको अध्यक्षमा प्रकाश लकान्द्री निर्वाचित भएका छन् ।

इक्यान पूर्वाञ्चल शाखाको धनकुटामा भएको पाँचौ साधरणसभा तथा तेस्रो अधिवेशनले लकान्द्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्ष रोशन निरौला ,उपाध्यक्ष दिपक गौतम , सचिव रबिकुमार गुप्ता, कोषाध्यक्ष हेम जीवन निरौला रहेका छन् ।
त्यस्तै सदस्यहरुमा दुर्लभ कार्की ,रोजन थापा, गोपाल निरौला रहेका छन् ।इक्यान पूर्वाञ्चल शाखाका अध्यक्ष रोशन निरौलाको अध्यक्षता तथा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा इक्यानका केन्द्रीय उपाध्यक्ष शेषराज भट्टराई , केन्द्रीय सचिव बासुदेव दाहाल , केन्द्रीय सहसचिव कर्ण गुरुङ, केन्द्रीय सदस्य पुष्पराज भट्टराई , इक्यान पूर्वाञ्चल शाखाका सल्लाहकार संयोजक कमल तिम्सिना , जे सर्टका महेश श्रेष्ठ, इक्यान झापा शाखा प्रतिनिधि नवीनकुमार शिवाकोटीलगायतले नवनिर्वाचित कार्यसमितिलाई वधाई तथा शुभकामना दिएको इक्यान पूर्वाञ्चलका उपाध्यक्ष तथा ग्लोवल टच एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक दिपक गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्