बिर्तामोड, पुष ९ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले २५ वर्षमा पहिलो पटक स्थापना दिवस मनाएको छ ।

२५ औं स्थापना दिवसको अवसरमा शुक्रबार अन्तरक्रिया र रक्तदान कार्यक्रम आयोजना गरियो । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेका थिए ।

त्यस्तै कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षता तथा कृषि विभागका प्रतिनिधि चन्द्रडाँगी कृषि फार्मका प्रमुख वीरेन्द्रराज पराजुलीको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा सल्लाहकार तथा संस्थापक अध्यक्ष हर्कलाल गिरी , बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , उपभोक्ता हित संरक्षण मंचका नगर अध्यक्ष ओमभक्त सेडाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कृषि बजारका ज्येष्ठ व्यापारी ७८ वर्षिय रामाशंकर शाहलाई सम्मान गरिएको थियो । त्यस्तै व्यापारीहरु खेमप्रसाद अधिकारी , सुरमणि राजवंशी , कर्मचारी विजय गुरुङलाई पनि सम्मान गरिएको थियो । सदस्य विन्दा लुइटेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन खगेन्द्र महत्तोले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्